काठमाडौं–रूसको अदालतले गुगललाई २० डेसिलियन अमेरिकी डलर बराबरको जरिवाना तोकेको छ। यो रकम विश्वको कुल जीडीपीभन्दा पनि धेरै हो, जुन १०० ट्रिलियन डलरको आसपास रहेको छ। गुगलले रूसका १७ वटा सञ्चारमाध्यमका च्यानललाई युट्युबमा प्रतिबन्ध लगाएको कारण अदालतले यस्तो निर्णय गरेको हो।

रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमिट्री पेस्कोभले उक्त रकमलाई उच्चारण गर्न नसकिने तर गुगलको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्। यदि गुगलले नौ महिनाभित्र यो जरिवाना नतिरेमा, अदालतले चेतावनी दिएको छ कि हरेक हप्ता जरिवाना दोब्बर हुनेछ।

OM Sai Pathibhara Hospital

गुगलले सन् २०२० देखि रूसी च्यानलहरूमा प्रतिबन्ध लगाउन शुरू गरेको हो र युक्रेन युद्धपछि धेरै च्यानलहरूमा पनि प्रतिबन्ध लगाएको थियो। हाल गुगलले रूसमा कुनै पनि व्यापार गर्दैन, र सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि आफ्ना सबै गतिविधि बन्द गरेको छ।