काठमाण्डौ  ।  धन्तेरसको दिन काैडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको काैडी कमलगट्टा र सिङ्गो धनियाँ लक्षमी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।आजको दिनबाट लक्ष्मी उत्सव शुरु हुने भएको हुनाले आजपनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ। 

धर्म शास्त्रों को अनुसार, समुद्र मंथनको दौरान भगवान धन्वंतरि हाथमा अमृत कलश लिएर प्रकट हुनु भयो । येस्तो  चमत्कार कार्तिक महिनाको कृष्ण पक्ष को त्रयोदशी तिथि को दिन भएको थियो । भगवान धन्वंतरि को विष्णु भगवान को अंश मान्ने गर्दछ । धन्वंतरि पछि माता लक्ष्मी दुई दिन पछि समुद्र बाट निस्केको थियो ।

OM Sai Pathibhara Hospital

तपाई धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व-उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिदैन । अतः आफ्नुलागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन र सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ ।

धनतेरसमा के किन्ने:- धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो, गणेश लक्ष्मीको मूर्ति, माटो वा फलामको दीयो ।

धन यन्त्र:- आर्थिक लाभका लागि पानीका भाडा, कारोबारमा विस्तारका लागि धातुको दियो, सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली, स्वास्थ्य तथा आयुका लागि घन्ट, घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा

पूजा र सामान खरिदका लागि शुभ साइत:- सामान किन्नका लागि सवा १२ बजेदेखि पौने दुई बजेको समय उपयुक्त छ,  सवा नौ बजेदेखि पौने ११ बजेको समय सामान किन्नका लागि राम्रो रहेको छ, यो समयमा पूजा अर्चाना गर्ने शुभ साइत पनि हो, विहान पौने ११ देखि सवा १२ का बीचमा सामान नकिन्नु उपयुक्त हुनेछ ।