काठमाडौं–आजदेखि हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार विधिवत् रुपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग समितिका अनुसार बिहान ११:०१ बजे त्रयोदशी तिथि लागेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ।

यसपटक तिहारका प्रमुख विधिहरू भोलिदेखि क्रमशः सुरु हुनेछन्। बुधबार काग तिहार, यमदीपदान र धनवन्तरी जयन्ती परेका छन्। कुकुर तिहार र लक्ष्मीपूजा भने बिहीबार हुनेछ।

OM Sai Pathibhara Hospital

शुक्रबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, आत्म पूजा र नयाँ वर्षको आरम्भ हुनेछ। भाइटीका आइतबारका लागि तय गरिएको छ, जसको साइत बिहान ११:३७ बजे रहेको समितिले जनाएको छ।

तिहारमा शहरका प्रमुख स्थानमा दीपावलीको झिलिमिली सजावट देखिन्छ भने देउसी, भैलो, र जुवा खेल्ने परम्परा अझै चलिआएको छ। पटाका पड्काउने कारण हुने दुर्घटनालाई मध्यनजर गर्दै, नेपाल प्रहरीले सभ्य रुपमा पर्व मनाउन आग्रह गरेको छ।

Tihar