काठमाडौं–नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे तोकेको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार भाइटीका पश्चिम मोहडा गरेर लगाउनुपर्नेछ। नेवार समुदायले मनाउने किजापूजा पनि सोही दिन गर्नुपर्ने जनाइएको छ।

यमपञ्चक चाड कात्तिक १३ गते मङ्गलबार धनतेरस पर्वसँगै सुरु हुनेछ। कात्तिक १४ गते बुधबार कागतिहार, यमदीपदान, र धन्वन्तरीजयन्ती मनाइनेछ। कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबारका दिन छन् भने कात्तिक १६ गते शुक्रबार पर्व नपरेको छ।

OM Sai Pathibhara Hospital

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा, र नेपाल संवत् ११४५ प्रारम्भ हुनेछ। कात्तिक २२ गते बिहीबार छठ पर्व मनाइनेछ।