काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोगले जीवनलाई सहज र सरल बनाउन सरकार लागिपरेको बताएका छन्। 

युवासङ्घ नेपालले आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्री ओलीले विकास, प्रगति, र सरल जीवनका लागि एआईको उपयोग गर्नुपर्नेमा जोड दिए।

OM Sai Pathibhara Hospital

उनले भने, ‘विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।’

प्रधानमन्त्रीले एसईईमा अनुत्तीर्ण हुने क्रमलाई सुधार्न र नेपाललाई एआई शिक्षाको केन्द्र बनाउने योजनामा सरकारको ध्यान रहेको बताए। साथै, आर्टिफिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए।