काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएलगत्तै सीआईबीको टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय पुगेको हो ।सीआईबीका एसपीको कमान्डमा उनलाई पक्राउ गर्न प्रहरी परिचालित भएको हो।उनी अहिले केन्द्रीय कार्यालयमै छन्।

OM Sai Pathibhara Hospital

पार्टी कार्यालयमा ठूलो संख्या रास्वपा कार्यकर्ता जम्मा भएका छन्। लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ।

FB_IMG_1729253382076

रविको स्टाटस जस्ताको तस्तै पढ्नुहोस्: 

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!

तपाईँको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहिँ हतकडी ?? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ? तपाई  प्रमाणित भ्रष्टाचारी बाट करोडौँको जग्गा खुल्लम खुल्ला लिने,मैले  ठगीको आरोप खेपी दिनुपर्ने । 

तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्नेरु

यति गरेपछि भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्त्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईँले  त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरूप तपाईँले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात् प्रमाण हो।  तपाईँहरूका  दलका  नेता र कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् ।तपाईँहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईँहरू बाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ। 

ठिक छ,म तपाईहरुको  दिन गन्ती सुरु भएको खुसीयालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता व्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको  कुनियतले तिमीहरूलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। सुरुवात तिमीहरूले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन्।

अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर  मलाई  न्यायालय प्रति आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईँको सभापतिले कसैलाई ठगेको छैन।