काठमाडौं–प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ । उनलाई असोज २ मा जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । प्रसाईं विरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । 

प्रसाईंसँगै रहेका युट्युवर प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध पनि उजुरी परेको छ । साइबर ब्युरोमा रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाहरूले उनीहरुविरुद्ध उजुरी दिएका थिए । 

OM Sai Pathibhara Hospital

उजुरीमा उल्लेख गरिए अनुसार उनीहरूले विभिन्न व्यक्तिहरूको चरित्रहत्या गर्दै, बेश्यावृति गरेको आरोप लगाउँदै, र आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रहरीले यस घटनालाई गम्भीरताका साथ लिईरहेको र थप अनुसन्धान गरिरहेको छ ।