काठमाण्डौ   ।  ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ। सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ अनावरण गरेको हो।FB_IMG_1725934719795

एप्पलका प्रमुख कार्यकारी टिम कुकले आईफोन १६ ले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिने दाबी गरे। नयाँ आईफोनमा एप्पल बौद्धिकताले भरिपूर्ण छ भने हार्डवेयरमा केही परिवर्तन देखिएको छ।

OM Sai Pathibhara Hospital

नयाँ आईफोन सेतो, कालो, टिल (गाढा नीलो–हरियो), एक्वामरिन (हरियो–नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ। नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ।FB_IMG_1725934708287

आईफोन १६ लाइन नयाँ बटनहरुसाथ आएको छ। पहिलो आफूअनुकूल पार्न मिल्ने ‘एक्सन बटन’ जसले म्युट बटनलाई प्रतिस्थापन गरी प्रयोगकर्तालाई शब्दसमूह अनुवादद्वारा जे पनि गर्न दिने वा सर्टकट प्रोग्रामिङको सुविधा जस्तो कि फ्लासलाइट बाल्ने वा क्यालेन्डर खोल्न सकिन्छ। यसबाहेक एप्पलले फिजिकल बटन थप गरेको छ। औँला धसेर सहजै क्यामेरा खोल्न सकिन्छ।

आईफोन १६ एप्पल बौद्धिकतालाई सहयोग गर्न १७ प्रतिशत बढी सिस्टम मेमोरी ब्यान्डविथसहित आएको छ। यसमा ग्लास सेरामिक स्क्रिन छ जुन अघिल्लो मोडलको तुलनामा ५० प्रतिशत कडा र ४० प्रतिशत द्रुत जीपीयूयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ।FB_IMG_1725934942307

नयाँ आईफोन १६ ले प्रयोगकर्तालाई केही वस्तुको जानकारी लिन सहजता थपेको छ। अर्थात् ती वस्तुमाथि क्यामेरा सोझ्याउँदा तिनबारे जानकारी मिल्छ। यसमा क्यामेरा नियन्त्रण गर्ने फिचर छ। फोनको किनारामा यसका लागि बटन छ। यसले प्रयोगकर्तालाई ‘भिजुअल इन्टेलिजेन्स’मा पहुँच दिने सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष क्रेग फडरिगी बताउँछन्।

अर्थात् कुनै रेस्टुराँतिर क्यामेरा सोझ्याउँदा त्यसबारेका रिभ्युहरु, मेनु र कसरी रिजर्भ गर्ने सबै कुराको जानकारी मिल्छ। यसमा रहेको भिजुअल इन्टेलिजेन्सबाट कुनै कुकुरबो प्रजातिजस्ता सूचना आईफोन १६ ले दिन्छ। एप्पले आफ्नो नयाँ आईफोनमा च्याटजीपीटी बनाउने ओपनएआईसँगको यसअघि घोषित साझेदारीलाई पनि समावेश गरेको छ। जुन यसका केही फिचरमा आएका छन्।

नयाँ आईफोनमा नवीनतम एआई फिचरको प्रयोग गरिएको छ। यसलाई कम्पनीले एप्पल बौद्धिकता अर्थात् एप्पल इन्टेलिजेन्स भनेको छ।इमेल तथा मेसेजको मद्दत गर्न एआईको सहयोग लिन सकिने टुल्स यसमा राखिएका छन्। एप्पलको एआईले सिरिसँगको वार्तालापलाई अझ स्वाभाविक बनाएको छ।

अब सिरिले प्रयोगकर्ताको लिखित मेसेजबाट पनि प्रतिक्रिया दिन्छ अर्थात् आफ्ना साथीले सुझाएका गीत सुन्न र टिभी शोहरु सिरिले सम्झाउने सुविधा दिएको छ। जस्तो कि प्रयोगकर्ताले केही दिनअघिको कुनै पार्टी वा वनभोज कार्यक्रमको फोटो कसैलाई पठाऊ भन्दा सिरिले त्यो सबै खोजेर पठाउन सक्छ। आफूअनुकूलको एआईचित्रित इमोजी तथा फोटो खोज्ने क्षमतालाई अझ परिष्कृत पारिएको छ।नयाँ आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ। त्यस्तै आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ।Screenshot_2024_0910_075327

एप्पलले पछिल्लो भर्सनको उच्चतम आईफोन प्रो ल्याएको छ। यो एप्पल इन्टेलिजेन्सका लागि नै डिजाइन गरिएको छ। गत वर्षको मोडलहरुभन्दा ०.२ इन्च ठूलो आकारमा आईफोन १६ प्रो लाइन आएको छ। इन्ट्रि लेभलको प्रो ६.३ इन्च र प्रो म्याक्स ६.९ इन्चको छ। ठूलो डिस्प्ले, पातलो बोर्डर, लामो समय टिक्ने ब्याट्रीका साथ नयाँ फोन अनावरण भएको छ। यसमा एप्पलकै ए१८ चिप एप्पलको नयाँ एआई टुल्सलाई सहयोग गर्ने गरी डिजाइन गरिएको छ।

नयाँ फोनबाट प्रयोगकर्ताले एक सेकेन्डमा १२० फ्रेम फोरके रिजोलुसनमा शुट गर्न सक्छन्। एउटा क्लिप रेकर्ड गरिसकेपछि भिडिओलाई स्लोमोसनमा रुपान्तरण समेत गर्न सकिन्छ। छुट्टै सेटिङ मिलाइरहनुपर्दैन। यसमा अनावश्यक ध्वनि काटेर अडिओ रेकर्डिङको सुविधा छ।

नयाँ एप्पल आईफोन १६ प्रो ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ। आईफोन १६ प्रो म्याक्स भने १ हजार १९९ अमेरिकी डलरबाट सुरु हुने सोमबार कम्पनीले जनाएको छ। आगामी शुक्रबारबाटै कम्पनीले दुवै मोडलको अग्रिम बुकिङ खुल्ला गर्ने जनाएको छ। आईफोनबाहेक कम्पनीले एप्पल वाच, एयरपड पनि सार्वजनिक गरेको छ।