काठमाडौं–अमेरिकी अन्तरिक्ष यान स्टारलाइनर अन्तरिक्ष यात्रीबिना पृथ्वी फर्किएको छ । जुनमा प्रक्षेपण गरिएको बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक समस्या देखिएपछि यो खाली अवतरण भएको हो । यानमा रहेको हिलियम चुहावटलगायतका समस्याका कारण यो निर्णय गरिएको थियो ।

अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलिअम्सलाई सुरक्षित राख्न नासाले उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नै रहन लगाएको थियो। उनीहरू अब स्पेसएक्स क्रु ड्र्यागनमार्फत पृथ्वी फर्कनेछन् ।

OM Sai Pathibhara Hospital

नासाले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ र यसको कारणबारे अनुसन्धान गरिरहेको भनेको छ । यो घटनाले अन्तरिक्ष यात्रामा थप चुनौतीहरू रहेको देखाएको छ । बोइङको महत्वाकांक्षी अन्तरिक्ष यात्रा योजनामा यसले ठूलो धक्का लगाएको छ ।