एजेन्सी- प्यालेस्टाइनको गाजा क्षेत्रका विभिन्न स्थानमा इजरायली सेनाले गरेको श्रृंखलावद्ध आक्रमणमा कम्तिमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।
मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन् ।
गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु छ उद्धार र नागरिक रक्षा टोलीहरूले अपार्टमेण्टबाट पीडितहरूको शव र धेरै घाइतेहरूलाई निकालेका छन् ।
अल-फार शरणार्थी शिविरमा भएको हवाई हमलामा थप पाँच जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
जेनिन र तुलकार्ममा आतंकवादी गतिविधिहरूविरुद्ध आफूले ठूलो कारबाही गरिरहेको इजरायली सेनाले बताएको छ ।
प्यालेस्टाइन शहरहरू जेनिन, तुल्कार्म, नाब्लस र तुबासमा एकै साथ सेनाले बृहत स्तरमा कारबाही गरिरहेको छ ।
इजराइली सेनाले गाजा पट्टीमा आक्रमण सुरु गरेयता मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४० हजार ४ सय ३५ पुगेको छ ।
https://www.youtube.com/watch?v=1ya_36ED9Io