काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् ।
मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताए । यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका ओलीको भनाई छ ।
समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने ओलीले बताए ।
प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए ।