काठमाडौं–भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका छन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आएक उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्साल पुग्नुभएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार, मिस्री र सचिव लम्सालबीच नेपाल–भारत सम्बन्ध, पारस्परिक हितका विविध विषयहरू र आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै, भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ ।