काठमाडौं-बागलुङस्थित गलकोट नगरपालिकाभित्र तीन महिना असला माछा मार्न नपाइने भएको छ । भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको हो । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाको संरक्षणका लागि नगरपालिकाले गत वर्षदेखि कानुनी प्रक्रिया सुरु गरेको जनाएको छ । 

नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० मार्फत तीन महिना माछा मार्न रोक लगाएको जनाएको हो । प्रवक्ता हिमबहादुर भण्डारीले अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउँदा माछाको संख्या बढेको उल्लेख गर्दै, यस वर्ष पनि सोही अवधिका लागि प्रतिबन्ध गरिएको जानकारी गराए । नियमको उल्लङ्घन गरेमा रु एक लाखसम्मको जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

OM Sai Pathibhara Hospital

नगर प्रमुख भरत शर्मा गैरेले असला माछालाई गलकोटको ब्राण्ड बनाउनका लागि संरक्षण गरिएको र माछा मार्नका लागि निश्चित व्यक्तिलाई मात्र अनुमति दिने तयारी भइरहेको बताए । यसले रोजगारी सृजना हुनुका साथै नगरपालिकालाई राजस्व प्राप्त हुने आशा गरिएको छ ।