काठमाडौं–बागलुङको बडिगाड गाउँपालिकामा बाढी पहिरोका कारण ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० का आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायतका बस्तीका परिवारहरू विस्थापित भएका हुन्। 

हालैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारहरू हाल बिचल्लीमा परेका छन्, विशेष गरी बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ। पहिरोले गर्दा खानेपानी र विद्युत् आपूर्ति ठप्प भएको छ। 

OM Sai Pathibhara Hospital

स्थानीय भीमबहादुर बुढाले पहिरोको जोखिमका कारण गाउँ छोड्न बाध्य भएको बताउँदै, आफ्नो र वरपरका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको बताएका छन्। 

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनका अनुसार विस्थापित परिवारलाई विद्यालय र सार्वजनिकस्थलमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ।