काठमाडौं–कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड पुन: सञ्चालनमा आएको छ। कालिकोट जिल्लाको पिली, कल्यानखोला, र बिर्तामोड क्षेत्रमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध सडक खुलाइएको हो। 

जुम्लास्थित सडक डिभिजन कार्यालयका अनुसार पहिरो हटाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । राजमार्गमा सानाठूला पहिरो खस्दा बेला बेलामा अवरुद्ध भइरहेको छ ।