काठमाडौँ-  बंगलादेशमा जनआन्दोलनका क्रममा चलाइएका सबै मुद्दा फिर्ता लिइने भएको छ। कानुन मन्त्रालयले विद्यार्थी तथा नागरिकको पछिल्लो जनआन्दोलनलाई दमन गर्ने उद्देश्यले जुलाई १ देखि अगस्ट ५ सम्म चलाइएका सबै मुद्दा फिर्ता लिने तयारी गरेको हो।

नवगठित अन्तरिम सरकार अन्तर्गतको मन्त्रालयको पहिलो बैठकले त्यसका लागि तीन दिनभित्र कदम चाल्ने निर्णय गरेको हो। बैठक कानून, न्याय तथा संसदीय मामिला सल्लाहकार प्रा। आसिफ नजरुलको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा मन्त्रालयले उक्त अवधिमा हत्यामा संलग्नलाई कारबाही गर्ने निर्णय पनि गरेको छ ।

OM Sai Pathibhara Hospital

उत्पीडनको मुद्दामा पक्राउ परेका बालबालिका तथा किशोरलाई आगामी तीन दिनभित्र बाल विकास केन्द्रबाट रिहा गर्ने व्यवस्था मिलाइने जनाइएको छ।बैठकले आतंकवाद विरोधी ऐन र साइबर सुरक्षा ऐन अन्तर्गत परेका मुद्दा फिर्ता लिन तत्काल कारबाही गर्ने निर्णय पनि गरेको छ ।

विद्यार्थीको आन्दोलन चर्किएपछि अगस्ट ५ मा शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासनमा गएकी थिइन्।  कानुन लागू गर्ने बोर्डर गार्ड बंगलादेशका सदस्यले प्रदर्शनकारिमाथि गोली चलाएका थिए भने प्रहरीले देशव्यापी विरोध दबाउने क्रममा उनीहरुविरुद्ध विभिन्न आरोपमा मुद्दा दर्ता गरेको द डेली स्टारले जनाएको छ।

आन्दोलनका बेला चर्किएको हिंसामा परि ४ सयभन्दा धेरै विद्यार्थी र प्रहरी मारिएका थिए।