काठमाडौं— विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पढाएको कागजात अहिले संसदीय समितिमा अध्ययन भइरहेको छ । 

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले पठाएका डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी कागजात अध्ययन थालेको छ। प्राधिकरणले बिहीबार डकुमेन्ट पठाएको र लेखा समिति सचिवालयले अध्ययन गरिरहेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

सार्वजनिक लेखा समितिले गत शुक्रबार टाइम अफ डे (टीओडी) तथ्यांक, प्राधिकरणका सञ्चालक मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन अनि डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी निर्णय कार्यान्वयन गर्न भएका पत्राचार नेपाल विद्युत् प्राधिकरणसँग मागेको थियो। 

उनले भने, 'प्राधिकरणले बिहीबार सबै कागजात पठाइसकेको छ, अहिले समिति सचिवालयले अध्ययन गरिरहेको छ । यी कागजात अध्ययनपछि आवश्यक परे थप कागजात माग्छौं। नमागिएका कागजात पठाएको पाइए प्राधिकरणलाई फिर्ता गर्छौं।'

अहिले प्राधिकरणले पठाएका कागजात समिति सचिवालयले मात्रै अध्ययन गरिरहेको र आफूहरू विज्ञ नभएको पनि सभापति पोखरेलले बताए ।