सप्तरी–अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नं ५ मा छपकी बस्ने ७५ वर्षीय जलिल मियाले जीविकोपार्जनका लागि राखेको जग्गा दुई दाजुभाइको हक लाग्नेमा एक छोरालाई एकलौटी पास गर्न खोज्दा विवाद उत्पन्न भएको छ । दोस्रो अंशियार जैफुल खातुनले वडा कार्यालयमा उक्त जग्गाको सिफारिस नदिन निवेदन दिएपछि विवाद चर्किएको हो ।

वडा कार्यालयले उक्त जग्गाको सिफारिस दिए पनि वडा अध्यक्ष हरि खंगले जलिल मियालाई कुनै सिफारिसमा हस्ताक्षर नगरेको बताएका छन् । १४ गते लिन आएको सिफारिसमा १४ गतेको चलानी दर्ता नगरिएको तर सिफारिसको चलानी ९ गतेको गरिएको पाइएको छ । खंगले १४ गतेको सिफारिसमा आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् ।

OM Sai Pathibhara Hospital

यस विवादका कारण वडा कार्यालयमा पालिका स्तरीय युवा सञ्जालका अध्यक्ष महेश प्रसाद यादव, पूर्व वडा अध्यक्ष श्री प्रसाद यादव, पूर्व वडा सदस्य हसमत मो. इदरिस, नेपाली काँग्रेसका प्रदेश उपसभापति लगायत १५० जनाको उपस्थितिमा वडा कार्यालयमा ताला लगाइएको छ ।

विवादित जग्गाको विषयमा पहिले जेठो छोरा रहमतुल्लाहको श्रीमती जलोखा खातुन, कान्छो छोरा मो. अजमतको श्रीमती जैफुल खातुन र छोरी हसिना कुमारीको नाममा जग्गा पास गरिएको थियो । हाल फेरि जेठी बुहारी जलोखा खातुनको नाममा १३ कठ्ठा जग्गा पास गरिएको छ ।