काठमाडौं–लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको हो ।

मिर्गौला रोगबाट ग्रसित उनले उपचारका लागि आर्थिक सङ्कटको सामना गराउनु परेको थियो । काठमाडौंमा उपचार गराउन नसकेर कामत हालै सिरहाको पोखरभिन्डा फर्किएका थिए । सङ्गीत गुरुका रूपमा परिचित उनी नेपाल मात्रै नभई भारत पनि चर्चित थिए ।