काठमाडौं–प्रहरी सेवाबाट सेवानिवृत्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई विदाई गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विदाई गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवम् सुदृढिकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए ।

OM Sai Pathibhara Hospital

सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तार लगायत नीतिगत निर्णयबाट सांगठनिक सुधारको क्षेत्रमा उपलब्धीमूलक कार्य भएको समेत उनको भनाई थियो ।

प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त जीवन पश्चातपनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले डा. सिंहलाई मायाको चिनो प्रदान गरे ।

वि.सं. २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी सिंह उमेर हदको कारण आजबाट सेवानिवृत्त भएकी हुन् ।