काठमाडौं–हिजो (बुधवार) सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण भइरहेको छ ।

सबैको पोष्टमार्टम गरिसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने छ । त्रिविको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको छ ।

OM Sai Pathibhara Hospital

एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टासम्म लाग्छ । मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान गरेर भोीसम्म बुझाउने तयारी छ । पूर्ण रुपमा जलेका शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ ।

डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्छ । बुधबार  बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । घाइते क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।