काठमाडौं–बंगलादेशमा भएको आरक्षणविरोधी आन्दोलनपछि एक हजार भन्दा धेरै नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा भएका सबै नेपाली विद्यार्थीहरू सुरक्षित छन् ।

मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको समेत जानकारी गराएको छ । विद्यार्थीहरूको प्रदर्शनले उग्र रूप लिएपछि बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरेको छ ।

OM Sai Pathibhara Hospital

आरक्षण प्रणालीले पाकिस्तानविरुद्ध १९७१ को युद्धमा लडेका व्यक्तिहरूको सन्तान, महिला, जातीय अल्पसंख्यक, र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षणको व्यवस्था गरेको थियो ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको ३० प्रतिशत आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । तर अब अदालतले दिग्गजका आफन्तका लागि मात्र ५ प्रतिशत भूमिका आरक्षित गर्न सक्ने फैसला गरेसँगै आन्दोलन मत्थर हुने अपेक्षा गरिएको छ ।