Jumla_Tatopani (1)

यो जुम्लाको पर्यटकीय गन्तव्य तातोपानी गाउँ हो। तिला नदीको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको भिड लाग्छ ।

OM Sai Pathibhara Hospital

तातोपानीको मुहानकै नामबाट नामकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै सुन्दर र आकर्षक पनि छ ।

Jumla_Tatopani (3)

पालिकालाई दुई भागमा विभाजन गर्ने गरी तिला नदी बगेको छ । तिला नदीको दुवै किनाराहरू अति उब्जाउ छन् । 

अधिकांश लेकाली खोरियानहरुमा स्याउका ठुलाठुला बगानहरु छन् भने फेदीमा सुन्दर बस्तीहरू अवस्थित छन् । बिस्तारै आधुनिकीकरणमा प्रवेश गर्दै गरेको जुम्ला तीव्ररुपमा बदलिँदो छ ।

Jumla_Tatopani (6)

हिउँदमा जौ खेती र वर्षायाममा काली मार्सी धानको खेती गरिन्छ । जुम्लामा पहिलो अधिक खेती गरिने बालीहरूमा धान, जौ, कोदो, फापर र गहुँ खेती गरिन्छ । 

Jumla_Tatopani (8)

वर्षायाम लागेपछि एकातिर किसानहरूलाई जौ काट्ने चटारो हुन्छ भने अर्कातिर मार्सीधानको रोपाइँको चटारोले छपक्क छोपेको हुन्छ । यतिवेला कर्णाली राजमार्गको पट्यार लाग्दो जोखिमपूर्ण यात्रा गरेर जुम्ला पुग्नेहरूका लागि हिमा र तिला नदी किनारमा देखिने मार्सीधानका फाँटहरूले यात्राका सम्पूर्ण कष्टहरूलाई भुलाइदिन्छ ।

Jumla_Tatopani (7)

Jumla_Tatopani (5)

तस्बिर : विशाल सुनार