जनकपुर । जनकपुरधामसहित विभिन्न स्थानमा आज जानकी नवमी मनाइँदै छ । जानकी मन्दिरले जानकी प्राक्टय जन्म महोत्सवको अवसरमा वैशाख २७ देखि ९ गतेसम्म दिवसीय जानकी महात्सव मनाउँदै छ।
वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ ।जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ ।
आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।
जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।