झापा । झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।IMG-20240326-WA0001 1

उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।

OM Sai Pathibhara Hospital

एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताए । क्ष्रेष्ठले अनुसार डाक्टरका अनुसार नानीको अवस्था खतरा मुक्त रहेको छ । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको छ।

प्रअ श्रेष्ठका अनुसार उदयपुरकी एनिका ११ कक्षामा अध्ययन गर्न सो विद्यालयमा आएकी थिइन् । घटनामा संलग्न भनिएका यादवले उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि एक-दुई पटक यादवसँग भेट भएको बताएकी छन् । अहिले यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ छ । 

"मैले मुद्दा फिर्ता लिन इन्कार गरेपछि ममाथि उसले गोली प्रहार गरेको हो" घाईते छात्रा एनिका अधिकारीले बताएकी छिन्। उनले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको समेत बताएकी छन्। यादव किशोरीको शिक्षक समेत हुन्। प्रहरी स्रोतका अनुसार यादव उदयपुरमा कार्यरत रहँदा दुव्यर्वहार गरेपछि किशोरीले साउन २०७९ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यादवले मुद्दा फिर्ता लिन प्रलोभन देखाए, दबाब दिए । तर किशोरीले मुद्दा फिर्ता नलिएपछि उनी फरार भएका थिए। फरार रहेका यादवले शुक्रबार परीक्षा दिएर फर्किएकी किशोरी अगाडि एक्कासी मोटरसाइकल रोके र पुनः मुद्दा फिर्ता लिन दबाब दिएका थिए । यद्दपि किशोरीले कुनै जवाफ नदिएपछि तँ, तेरो दिदी र …(जाहेरी हाल्न सघाउने व्यक्ति) लाई नमारी म जेल जान्नँ’ भन्दै किशोरीमाथि गोली हानेको एक अनुसन्धान अधिकारीले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख मिलन केसीका अनुसार गोली लागेर एक महिला घाइते भएको र यस सम्बन्धमा प्रहरीले गोली कस्ले र किन चलायो भन्ने अनुसन्धान भैरहेको बताएका छन