झापा ।  सशस्त्र प्रहरी बल नेपाल काकरभिट्टा गुल्मद्वारा झापामा  ठुलो परिमाणमा लत्ताकपडा बरामद गरेको  छ।सशस्त्र प्रहरी नायब उपरीक्षक राजन श्रेष्‍ठको कमाण्डमा खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याएको सामानहरु नियन्त्रण लिएको हो।IMG-20240417-WA0001 4

झापाको पूर्वी नाका मेचीनगरबाट भन्सार छलेर भित्राइएको ५१ पोका लत्ताकपडा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल गुल्म काकरभिट्टाले विशेष सुुुचनाको आधारमा, इलाका प्रहरि कार्यालय काकरभिट्टा र मेची भन्सार कार्यालयसग समन्नय गरि ५१ पोका कपडा बरामद गरेको हो । IMG-20240430-WA0010 1

OM Sai Pathibhara Hospital

मेचीनगर–७ गैरीगाउँ र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट मंगलबार बिहानीपखको समयमा करिब ३८ लाख ४८ हजार ४७० रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डीएसपी तथा प्रवक्ता दिनेश कुटवालले जानकाइरी दिए। IMG-20240430-WA0005~3

गैरीगाउँ र सालघारीमा ठुलो मात्रा भन्सार छलेर कपडा भित्राइएको सूचना पाए लगतै सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म काँकडभिट्टाको टोली सोमबार राती ९:३० बजेदेखि सो क्षेत्रमा खटिएका थिए । सशस्त्रले गैरीगाउँबाट २२ पोका र सालघारीबाट २९ पोका कपडा बरामद गरेको हो । सीमा क्षेत्र, मकैवारि र एउटा घरबाट सो परिमाणका कपडा फेला परेको थियो । सशस्त्रले दुवै स्थानमा रातभरि सामानको सुरक्षा दिएर बसेको थियो बिहान नेपाल प्रहरी र भन्सारसँगको सहकार्यमा सामान बरामद गरेको हो।IMG-20240430-WA0009

बरामद गरिएकोमा सामानमा कुर्ती, कुर्ता सुरुवाल, भेष्ट, पेन्टी, पाइन्ट, म्याक्सी, सटको थान कपडा, लुंगी, तन्ना, सुती साडी, गन्जी, ब्लाउज, पेटिकोट लगायतको रहेको छ । तस्करले मौका छोपी कपडा भित्राएको र कसको सामान भनी नाम खुलेको छैन । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मंगलबार नै मेची भन्सार कार्यालय बुझाएको सशस्त्रले बताएको छ।IMG-20240430-WA0001~2

झापाको पुर्बीनाका तिरिङ दोभान, डिल्ले गौडा, सादु गौडा, भत्केको तुङ, प्रसाद गौडा, भन्सार टुङ, चौकिलाइन, मिलनचोक, राइसिङ पुल, धिमालचोक, नकलबन्दा, चर्चको बाटो, तिरिङको दुधेचौरी, भालुखोपहुदै बौधमोड, तुर्केनिको खेलमैदान, सतिघट्टाको फोहोरमैला, ज्यामिरगडिको टुक्रेबाध, पिन्की ठ्याक, सालघारी नाकाबाट लाखौको कपडा, पार्टस, चाइनिज लाइटर, फोरेन गुडस लागायतका सामानहरु तस्करी हुनेगरेको छ।Screenshot_2024_0430_230459Screenshot_20240430_112613