काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।IMG-20240326-WA0001

केन्द्रीय कार्यालय चमतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको थियो । लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको महामन्त्री डा. मुकुल ढकालले बताए ।

OM Sai Pathibhara Hospital

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।FB_IMG_1711633600492