काठमाडौँ । इलाम-२ को उपचुनावमा उम्मेदवार हुन चाहने छ जनाको नाम सिफारिस गरिएको छ । 

नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सहमति गरेर एक जनाको नाम पठाउन गरिएको प्रयास असफल भएको जानकारी दिए । ‘हामीले सर्वसम्मत बनाउने कोसिस गर्‍यौँ । सबै आकाङ्क्षीहरूले छोड्न नमान्नुभएपछि जिल्ला समितिमा चुनाव नै गराऊँ कि भन्ने भएको थियो । त्यसले फेरि मनमुटाब बढाउला भन्ने लागेर ६ जनाकै नाम केन्द्रमा पठाएका छौँ,’ गुरुङले भने ।

OM Sai Pathibhara Hospital

नेकपा एमाले इलाम जिल्ला कमिटीले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल, र रिप्पल राईको नाम केन्द्र पठाएको हो।उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ।