काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका सांसदमध्ये १५७ सांसदले दाहाललाई विश्वासको मत दिएका छन् ।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभा बैठकमा २६८ सांसद उपस्थित थिए । जसमध्ये ११० सांसदले विपक्षमा मत दिए भने १ सांसद तटस्थ बसे । पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता गठबन्धनबाट सरकार विस्तार गरेका प्रधानमन्त्री दाहालले कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् । यसअघि यही प्रतिनिधिसभा प्रधानमन्त्री दाहालले दुईपटक विश्वासको मत पाएका थिए ।

यस पटक प्रधानमन्त्री दाहाललाई माओवादी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।