काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएको एक नेताले जानकारी दिएका हुन् ।संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ।

OM Sai Pathibhara Hospital

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेर गठबन्धन बनाइ मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रचण्डले दलको बैठकमा सरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए । नयाँ सत्ताधारी गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् । बहुमतका लागि १३८ मत भए पुग्छ ।