काठमाण्डौ  ।  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

OM Sai Pathibhara Hospital

बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत/वैशाखमा हुने अभियानको कार्यक्रम र कमान्डर तोक्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।