विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको पुनः नामांकन संघर्ष समितिबीच तीन बुँदे सहमति भएको छ । विराटनगरको इस्टनस्टार होटलमा बुधवार दिउँसो ४ बजे वार्ता शुरू भएको वार्ता आंशिक सहमतिपछि साँझ सकिएको हो ।

दुई पक्षीय वार्तामा प्रदेशको पुनः नामांकनको प्रक्रिया अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन आगामी वार्तासम्ममा पहल गर्नेसहित तीन बुँदे सहमति भएको छ ।Screenshot_2024_0222_071656

OM Sai Pathibhara Hospital

वार्तापछि जारी संयुक्त सूचनामा सरकारको तर्फबाट यसअघि भएका आन्दोलनका क्रममा घाइते भएकाको प्रदेश सरकारले निस्शुल्क उपचार गर्ने, उनीहरुमाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सहमतिलाई कार्यान्वयनका लागि सरकार र आन्दोलनरत पक्षबाट दुई/दुई जनाको कार्यदल गठन गर्ने सहमति भएको उल्लेख छ ।

कार्यदलले आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च विवरण र पक्राउ परेर अदालतमा विचाराधीन मुद्दाको विवरण संकलन गर्ने कार्यादेश पाएको छ ।

यसअघि पहिलो चरणको दुई पक्षीय वार्तामा संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि संयुक्त रुपमा राजनीतिक वातावरण बनाउनेसहित पाँच बुँदे सहमति गरेको थियो । बुधवार त्यो सहमतिलाई कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।