काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेको सरुवा भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका हुन् । पाण्डेलाई अर्थ मन्त्रालयमा तानिएको स्रोतले बताएको छ ।

OM Sai Pathibhara Hospital

पाण्डेले ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।