काठमाडौं । राजसंस्था समर्थकहरूले काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्।‘राजा आऊ, देश बचाऊ’ को नारा लगाउदै नारायणहिटी दरबार सङग्रालय अघि दुर्गा प्रसाईं लगायत राजवादीहरुको प्रदर्शन  ।

मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरूले राजसंस्थाको पक्षमा नारा लगाएका थिए। प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले दलका नेताहरूले मुलुकलाई भ्रष्टाचारमा डुबाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए।

OM Sai Pathibhara Hospital

उनले मुलुकलाई अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था अनिवार्य भइरहेको बताए।