काठमाण्डौ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा । केही दिनअघि विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी–कर्मचारी कुटाकुटको असर प्रहरी संगठनमा पर्ने निश्चित देखिएको छ।

OM Sai Pathibhara Hospital

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएपछि यस्को संकेत देखिएको हो। उनी कुटपिट प्रकरणमा गठित छानविन समितिको प्रतिवेदनमा असन्तुष्ट थिए।

समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ। तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताएका छन्।

चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताए पनि प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ।

चन्द १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा गएका थिए। उनी हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्। राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा ०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए।