इटहरि । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  कायममुकायम उपकुलपति डा प्रल्हाद कार्की माथि मोबिल प्रहार भएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञानमा रहेको उनको कार्यकक्षमा भेट्न गएको क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले उनलाई कार्यकक्षमै मोबिलले हानेका थिए । तीन जनाको समूहमा रहेका क्रान्तिकारीका कार्यकर्ताहरूले मोबिल हाने पनि सँगै रहेका सुरक्षाकर्मीहरूले छेकेपछि उनलाई मोबिल भने लागेन ।
मोबिल हानेपछि उनीहरूले उपकुलपति विरुद्ध नाराबाजी समेत गरेका थिए । उनले प्रतिष्ठानलाई बन्धक बनाएको र हजारौँ कर्मचारीलाई बन्धक बनाएको मोबिल हान्नेहरूले बताएका छन् ।
कार्कीमाथि मोबिल प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्राट् थापा, निशान राई र भीम सुराखेती रहको प्रहरीले जनाएको छ । प्रतिष्ठानका कर्मचारी र चिकित्सकहरू भिसी कार्की विरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।