काठमाडौं । सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक बिषय भएको निस्कर्श निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक बिषय भएको निष्कर्ष निकालेको हो । बैठकपछि कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको बिषय र अन्य प्रदेशको नजिताका बिषयमा छलफल भएको गठबन्दनका नेताले जानकारी दिएका छन।

OM Sai Pathibhara Hospital

कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने सत्ता पक्षिय गठबन्दनले बताएको छ । कोशीको बिषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको बिषय भएको भन्दै यसमा कसैलाई दोष दिन नहुने गठबन्दनले बताएको छ ।

राष्ट्रियसभाका अध्यक्ष चयनका बिषय, राजनीतिक एजेण्डा लगाएतका बिषयमा पछि छलफल हुने बैठक सकिएको छ ।