बिर्तामोड  ।  झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारत बाट नेपाल आउदै गरेका  मोरङ बेलबारी-२  का २४ बर्षिय दिप लिम्बुको साथबाट ८० एम्पुल  निषेधित औषधि सहित नियन्त्रणमा लिएको हो भने सुनसरी दुहबी-५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी  टोलीले चेक जाँचको क्रममा को. ३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी-५ सुनसरीका ४० बर्षिय दिपेश मगरको साथबाट १९४ ट्यावलेट निषेधित औषधी  सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरिरहको छ ।FB_IMG_1706591925494FB_IMG_1706591929053