मोरङ  ।  प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले आचरणविपरीत काम गर्नेहरुमाथि कारबाही हुने बताएका छन् ।

नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका वरिष्ठ प्रहरी अधिकृतदेखि कनिष्ट प्रहरी जवानलाई सुधार्न आफू तयार रहेको डिआइजी खापुङले बताएका छन । त्यस क्रममा खापुङ्ले आफूमा पनि सुधार गर्नुपर्ने भए त्यो गर्न तयार गरेको बताएका छन। कसैले आचरणविपरीत काम गरेर दोषी ठहरिएमा कानुन बमोजिम कारवाही गर्ने उनको प्रतिबद्धता छ ।

OM Sai Pathibhara Hospital

कोशी प्रदेशमा सीमान्त क्षेत्रबाट हुने गरेका चोरी तस्करी, लागूऔषध ओसारपसार र हुण्डी कारोबारलाई कडाइका साथ नियन्त्रण कडाइका साथ गर्ने उनले प्रतिबद्दता गरेका छन। कोशी प्रदेशको तेह्रथुम घर भएका डिआइजी खापुङले यसअघि २०५६ सालमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, नगर प्रहरी कार्यालय विराटनगरमा प्रहरी निरीक्षकका रुपमा काम गरिसकेका छन् ।

सेवामा प्रवेश गरेको २३ वर्षपछि उनले डिआइजीको रुपमा कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका हुन् ।