कविता "गणतन्त्र"


OM Sai Pathibhara Hospital

तन्त्रको  चक्रब्यूहमा  

  फस्यो जनता 

 लय र तन्मयताले 

गीत गाइरहेछ 

गणतन्त्रको  जय-जयकार 

जोर शोरले  लगाइ रहेछन l 


जाति -पाती धर्मको 

भेदभाव संवैधानिक

अपराध  हो 

तर विविध सुविधा र

आरक्षण पाउनु पनि 

संविधान सम्मत मौलिक

नागरिक अधिकार हो l 


गुलामी  गर्नु पनि 

जंगल पहाड़ नदी नाला

खेत बारीबाट 

बचित गर्न सक्दैन कहिलै पनि 

नागरिककोl  अधिकार

तर देखिएन स्वतन्त्रता

खोसी दियो 

ग्रामीण जनताको अधिकार

फेरी पनि

आफुलाई  खुशी राख्नु छ 

स्वतन्त्रता र गणतन्त्रको 

 जय -जयकार

तन्मयताले  लगाउनु छ 

नत्र तत्काल देशद्रोहीको 

मोहर लगाई दिने छन l 


चाहे जस्तो पनि अबस्था होस 

हुने गर्छ आफ्नो अधिकार माथि 

 कब्जा र बलात्कार 

तर कुरा अधिकारको गर्नु 

संवैधानिक अपराध हो 

दुःख मान वा सुख 

गर्नु छ संविधानको 

निश्चित  सम्मान हो ......l

      -देवेन्द्र किशोर ढुङगाना

             भद्रपुर {झापा }