काठमाडौं ।  एनसेल शेयर खरिद–विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ । समितिले २ महिना लामो अध्ययन र छानविनपछि प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

उक्त समितिको संयोजक पूर्व लेखापरीक्षक टंकमणि शर्मा रहेका थिए । सदस्यहरुमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए ।

OM Sai Pathibhara Hospital

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिई र प्रक्रिया समेत पुरा नगरी ८० प्रतिशत शेयर खरिद–विक्री गरेको र उक्त खरिद–विक्री अस्वभविक भएको भन्दै सरकारले छानविन समिति बनाएको थियो ।

एनसेलले ८ करोड लगानी गरेर अहिलेसम्म ६८ अर्ब नाफास्वरुप विदेश लगेको उल्लेख गर्दै समितिले आफ्नो प्रतिवेदनमा भनेको छ, “८५ अर्ब तिर्नुपर्ने गरी विभिन्न अदालतमा अहिले मुद्दा रहेको छ । अन्य मुलुकको तुलनामा नेपालमा लगानी गरेको हुँदा बढी कमाइ गरेको देखिन्छ ।”