झापा  ।  आज आदिवासि सन्थालहरूको सबैभन्दा ठूलो पर्व सोहराय मनाइदै छ । सोहराय पर्व झापा तथा मोरङमा वसोवास गर्ने सन्थाल जातिको सबैभन्दा  ठूलो पर्वको रुपमा मनाउने गरिन्छ ।

स्वस्थानी पूर्णिमाभन्दा दुई दिनअघिबाट सुरु भएर तीन दिनपछिसम्म मनाइने सोहरायको आज मुख्य दिन हो । यो पर्व मनाउन आज झापाका केहि स्थानिय तहहरुले विदा समेत दिएका छन ।