काठमाडौं । भारतको अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने र भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा हुने भएकाले भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा आज सवा लाख दियो बाल्न लागिएको हो ।Screenshot_2024_0122_093604

भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन साँझ १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरि आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।FB_IMG_1705895313319

OM Sai Pathibhara Hospital

राम मन्दिरको उद्घाटन हुने दिन दुवै देशका लागि विशेष महत्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरिएको छ ।IMG_20240122_093205

राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ । भारतको अयोध्या र उत्तर प्रदेश मात्रै नभई नेपालको अधिकांश धार्मिक मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिन लागेको हो । अयोध्या हिन्दु र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो । सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको हो ।FB_IMG_1705895313319

प्राणप्रतिष्ठानअघि भारत तथा विदेशबाट ल्याइएका ८१ कलशको औषधीयुक्त जलले गर्भगृहसहित सम्पूर्ण भुइँ तल्लालाई शुद्ध पारिएको छ र सोही क्रममा सरयु नदीघाटमा साँझको आरती गरिएको छ । सोमबार भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ । त्यसपछि बिहान १० बजे राममन्दिरमा मंगल ध्वनि बजाएर पूजा कार्यक्रम गरिनेछ । १० बजेर ३० मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिर परिसर पुग्ने कार्यक्रम तय भएको छ भने ११ बजे अतिथिको उपस्थिति हुनेछ ।FB_IMG_1705895319369

विहान ११ः३० बजेदेखि १२ः३० बजेसम्म गर्भगृहमा पूजाआजाको कार्यक्रम रहेको छ । १२ः ३० बजे मुख्य अतिथिले सम्बोधन गरेपछि २ बजेबाट ७ बजेसम्म दर्शनार्थी र अतिथिका लागि राम मन्दिरको दर्शन गर्न समय दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गर्ने कार्यतालिका रहेको छ ।Screenshot_2024_0122_093954

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यकर्ता भएकाले उनले विशेष ‘अनुष्ठान’का लागि आफूलाई कठोर रूपमा धार्मिक आचरणमा बाँध्ने प्रण पनि गरेका थिए । उनी निराहर व्रत बसेर सोमबार पूजा गर्नेछन् । उनले प्राणप्रतिष्ठा हुनुभन्दा ११ दिनअघिदेखि उनले अन्न खान छोडेका छन् । फलाहार मात्रै गरिरहेका छन् । मोदीले ११ दिने विशेष प्रतिष्ठाको सुरुवात नासिक धाम–पञ्चवटीको पूजाअर्चनाबाट सुरु गरेका थिए । नासिक धाम भगवान् रामले लामो समय बिताएको धामका रूपमा चिनिन्छ । दुई दिनदेखि मोदीले ‘व्रत’लाई कठोर बनाए । कम्तीमा यी दुई रातहरू सकभर मोदीले निराहार र जाग्राम बसेरै बिताएका छन् । उनले आफ्नो सुविधा सम्पन्न बिस्तरामा समेत सुतेनन् । पिर्का वा चटकीमा बसेरै उनले रात कटाएका छन् । त्यो क्रममा उनले सामान्य खालका कम्बल मात्रै ओढे । यो प्राणप्रतिष्ठालाई उनले आफ्नो राजनीतिक, धार्मिक र आध्यात्मिक जीवनकै सबैभन्दा अमूल्य अनि ‘सौभाग्य’को क्षण भनेका छन् ।