काठमाण्डौ । आज जनवरी १ अर्थात पुस १६ गते साेमबार ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपालीहरुले सिरमा ढाका टोपी लगाएर नेपाली टोपी दिवस मनाउने गरिन्छ।Screenshot_2024_0101_084330

‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराको साथ (आज) सोमबार  ११ औं नेपाली टोपी दिवस मनाइदै छ। जागरुक युवा अभियान नेपालले  हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आईरहेको छ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएको छ।Screenshot_2024_0101_074057

विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरेको छ। नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवद्र्धन गर्न सरकारले  ध्यान दिनुपर्ने युवाको माग छ। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ

यस बर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउँन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन सबैमा अनुरोध गरेको छ। नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउनको लागि सामाजिक संजाल मर्फत पनि सरकारलाई दबाब दिन सबैमा आग्रह गरेको छ। Screenshot_2024_0101_012039

बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहरुले यहि पौष १६ गते (जनवरी १ तारिख, २०२४) का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपी दिवस मनाइदै छ।

स्वस्फुर्त रुपमा नेपाली युवाहरुले बिगत १० वर्ष देखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आईरहेका छन्। नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको छ ।

नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ, महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । FB_IMG_1704050744157