झापा  ।  मारवाडी युवा मञ्चको भद्रपुरमा भएको बृहत भेलाबाट भद्रपुर नगर अध्यक्षमा मोहित शर्मा(सन्डे) सर्वसम्मत चयन भएका छन।

मारवाडी युवा सङ्गठनका केन्द्रीय सदस्य हेमन्त सुरानाको प्रमुख आतिथ्य र मञ्चका भद्रपुर नगर अध्यक्ष दिपककुमार अग्रवालको अध्यक्षतामा शुक्रबार भएको अधिवेशनले ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।Screenshot_2023_1223_133330

समितिको उपाध्यक्षमा अविनाश नाहटा(पाणु), सचिवमा रोहित सरिया र कोषाध्यक्षमा राहुल साहेवाला चयन भएका छन। सदस्यहरूमा विकास अग्रवाल, प्रवेश अग्रवाल, विकास सिंघल, रमेश सिंघल, मनोज सरावगी, जीतु शर्मा ' जितेन्द्र ' र रजत धारेवा रहेका छन।