काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।लगातारको वर्षाले सप्तकोसी नदीको बहाव यो वर्षकै उच्च तहमा पुगेको छ । सहायक नदीहरुमा आएको बाढी र लगातारको वर्षाले कोसीको बहाव बढेको हो । 

साेमवार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहा बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। 

OM Sai Pathibhara Hospital

आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोल्न लगाएको उनले बताइन्। 

राति १२ बजेबाट पानी खतराको तहभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खोलेको हो यससँगै सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

तर अहिलेसम्म क्षतिको विवरण नआएको खतराको तह घट्दै जाने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्।पानीको सतह बिहान ९ बजेसम्म‍मा घट्दै जाने जानकारी पाएको उनले बताइन्।