काठमाण्डौ ।  नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए।

मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको समेत उनले बताए।