काठमाडौं  । शनिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागको तथ्याङ्क अनुसार ४१ राजमार्ग भने आंशिक सुचारु छन् । Screenshot_2023_0813_151544

चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर कोरिडोर), तानसेन–रिडी–कोरला, डुम्रे बेशीसहर–चामे, मदनभण्डारी राजमार्ग र कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् । अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ । पूर्णरुपमा अवरुद्ध सडक प्रयोग गर्ने यात्रुहरूले वैकल्पिक सडक प्रयोग गर्न विभागको आग्रह छ । विभागका अनुसार १४५ सडक अवरुद्ध भएपश्चात् अहिले सुचारु भएका छन् ।

OM Sai Pathibhara Hospital

लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडकहरू अवरुद्ध रहेका छन् । पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ । त्यसैगरी मदन भण्डारी राजमार्गको उदयपुर खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ भने पासाङ ल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडक खण्ड पनि अवरुद्ध भएको छ । 

यता मकवानपुरमा कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध रहँदा पृथ्वी लोकमार्गको धादिङ खण्ड पहिरोकै कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ । 

उता म्याग्दीमा बेनी जोमसोम सडकखण्डमा पहिरो आउँदा बाटो अवरुद्ध भएको छ भने पृथ्वी राजमार्गकाे तनहुँ खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ । बेनी जोमसोम सडकको मुस्ताङमा पहिरो गएको छ भने पहिरोकै कारण बेशीँसहर मनाङ सडक खण्ड अवरुद्ध रहेको छ । 

त्यस्तै अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थवाङ घोराही सडक खण्ड अवरुद्ध भएको छ, भने सुर्खेत दैलेख सडक खण्ड पनि एकतर्फ मात्र सञ्चालनमा आएको छ । कैलालीको भीमदत्त राजमार्ग भने पहिरोले पूर्ण अवरुद्ध रहेको छ । 

देशभर भारी वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।