काठमाडौँ  ।   प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।

OM Sai Pathibhara Hospital

साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्।आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको बताएका हुन्।

उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे।‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ उनले भने।

कैयौं भन्सारमा चेकजाँच नै नहुने उनले बताए। त्यसकारण कम राजश्व उठेको उनले बताए। ‘अरू नाकाहरू चेक नै भएको छैन।  राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ उनले भने।

यी सबै कुरामा सरकारको  संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको तर, सरकार पहिल्यै डराएको उनले बताए। ‘संलग्नता छैन भने छानबिन पुष्टि गर्छ। सरकार पहिल्यै किन तर्सेको?,’ केपि शर्मा ओलीले भने