काठमाडौँ / होन्डाले सिटी ई- एचईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । वर्षौँदेखि उपभोक्ता माझ लोकप्रिय होन्डा सिटी यसपालि नयाँ हाइब्रिड भेरियन्टमा बजारमा भित्र्याएको हो । 

अत्याधुनिक प्रविधियुक्त सिटी ई- एचईभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ । द्रुत एक्सिलरेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरणमैत्री सवारीका लागि नयाँ मापदण्ड सेट गरेको कम्पनीको भनाइ छ ।

OM Sai Pathibhara Hospital

सिटी ई- एचईभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ । यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो । यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड-एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराबारे चालकलाई सचेत गराई दुर्घटनाको जोखिम कम गर्न मद्दत गर्ने बताइएको छ ।